skip this

तिलगंगा आँखा अस्पताल निजगढको भौतिक प्रगति ९५ प्रतिशत

लागत बढेसँगै दोस्रो चरणको परियोजना सञ्चालन गर्न सुझाव

2.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–९ स्थित तिलगंगा आँखा अस्पताल निजगढको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ ।

सन् २०७५ बाट सुरु भएको आँखा अस्पताल निर्माणमा अष्ट्रेलियन दातृ संस्था फ्रेड होलोज फाउन्डेसनले करिब १९ करोड लगानी गरेको छ ।

मोफसलकै ठुलो आँखा अस्पतालका रुपमा निर्माण भईरहेको तिलगंगा निजगढको लागत १७ करोड अनुमान गरिएकोमा लागत बढेर १९ करोड पुगेपछि परियोजना समापन गरेर नयाँ परियोजना प्रस्ताव गर्ने स्थानीय परियोजना सल्लाहकार समितिको बैठकले निर्णय गरेको छ ।

समितिका संयोजक निजगढ नगरपालिकाका मेयर सुरथ पुरीको अध्यक्षतामा बसेको बैठकले आगामी पाँच वर्षको लागि नयाँ परियोजना प्रस्ताव गर्ने, स्थानीय नगरवासीलाई सहुलियन प्रदान गर्ने र अस्पताल सञ्चालन भएपछि प्रचारप्रसार गर्ने तथा दिगो व्यवस्थापन तथा सञ्चालन गर्ने गरि अगाडी बढाउन केन्द्रिय समितिलाई सुझाव दिने निर्णय गरेको छ ।

बैठकमा अस्पतालको आगामी कार्तिक २८ गते उद्घाटन गरेर नयाँ भवनबाट सेवा सञ्चालन गर्ने जानकारी गराईएको छ ।

बैठकमा नगरपालिकाकी उपमेयर सोममाया थिङ्ग, वडा नं. ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा नं. ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, फ्रेड होलोज फाउन्डेसनकी कन्ट्री म्यानेजर एन्जिला दाहाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा, नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, रेडक्रस निजगढका पूर्व सभापति नारायणप्रसाद शर्मा, फ्रेड होलोज फाउन्डेसनका फाईनान्स अप्रेशन कोडिनेटर अभिनम कुशवाह, अस्पतालका प्रोजेक्ट म्यानेजर रामगोपाल प्याथ लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630