भारतमा उत्पादन भएको औषधि प्रयोगमा सावधानी अपनाउन व्यवसायि संघको अनुरोध
वि.सं.२०८२ असोज २८ मंगलवार ०९:२५
846
shares

बारा—नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा कार्यालय, बाराले भारतमा उत्पादन भएको कोल्डरिफ कफ सिरप औषधिको प्रयोगमा विशेष सावधानी अपनाउन औषधि व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गरेको छ ।
संघका अध्यक्ष फिरोज आलम अंसारीद्वारा जारी गरिएको सूचनामा उल्लेख भएअनुसार औषधि व्यवस्था विभागले मिति २०८२ असोज २१ गते सार्वजनिक गरेको पत्रका आधारमा उक्त औषधिको प्रयोगपछि केही देशहरूमा बालबालिकाको मृत्यु भएको विवरण प्राप्त भएको बताइएको छ ।
संघले औषधि व्यवसायीहरूलाई विभागमा दर्ता भई स्वीकृत औषधिहरू मात्र विक्री तथा वितरण गर्न आग्रह गरेको छ ।
साथै, कोल्डरिफ कफ सिरप लगायत यस्ता खोकीका औषधिहरूको प्रयोग नगर्न र सर्तक रहन सबैलाई अनुरोध गरिएको छ ।
वि.सं.२०८२ असोज २८ मंगलवार ०९:२५
















