टर्कीको दक्षिणपूर्वी क्षेत्रमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प
वि.सं.२०७९ माघ २३ सोमवार ०९:३०
894
shares

काठमाडौं,। टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।स्थानीय समय अनुसार बिहान ४ः१७ मा गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।
भुकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरूसमेत महसुस भएको युएसजीएसले जनाएको छ। यहाँ पहिलो भूकम्प गएको ११ मिनेटपछि ९.९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।
वि.सं.२०७९ माघ २३ सोमवार ०९:३०

















