skip this

महानगर र उपमहानगरको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दै

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । महानगर र उपमहानगरको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनले स्थानीय निर्वाचनको भागबण्डा आज मिलाउने दाबी गरेको छ। भागबण्डा मिलाउन गठबन्धनको बैठक आजपनि बस्दै छ। स्थानीय तहको निर्वाचनको २४ दिन मात्र बाँकी रहँदा पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न सकेको छैन ।६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलबीच सिट भागवण्डाका लागि आइतबार यता हरेक दिन बालुवाटारमा बैठक बसे पनि अनिर्णित छ ।विशेषगरी महानगरमा सिट बाँडफाँटका विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति नहुँदा सोमबारको बैठक अनिर्णित बनेको थियो ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरसहित पोखरामा पनि दाबी गरेको छ । तर, एकीकृत समाजवादीले पोखरामा दाबी गरिरहेको छ । पोखरामा तत्कालीन एमालेले जितेको थियो ।एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले वक्तब्य जारी गरी पोखरामा मेयर आफूले नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेका छन् ।माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिबकरिब सहमति जुटिसकेको छ ।सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन् । आज बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ ।

nijgadh-supermart-adz1200-630