skip this bagdve 29 th

समुदायमा आधारित निजगढ सामुदायिक अस्पताल निजगढद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ ९ देउरालीपथस्थित समुदायमा आधारित प्रसुति गृह सामुदायिक अस्पतालले शनिवार विजया दशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले गमलामा जलशेचन गरेर उद्घाटन गरेका थिए ।

मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिकाका पूर्वप्रमुख सुरेश खनाल, गौरीशंकर क्याम्पस निजगढ संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोइराला, नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना, नेकपा एमालेका नगर सहसचिव थानेश्वर सापकोटा, माओवादी नगर अध्यक्ष सन्तोष दङ्गालले शुभकामना व्यक्त गरेका थिए ।

नगरपालिकाका पूर्वप्रमुख सुरेश खनाल

त्यस्तै निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिशन सापकोटा, वडा नम्बर ६ का अध्यक्ष घनश्याम तिमल्सिना, वडा नं. ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोले, हिमचुली सहकारी संस्था निजगढकी अध्यक्ष दुर्गा कोइराला, मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष चन्द्रिका कुमारी मगरले शुभकामना व्यक्त गरेका थिए ।

निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिशन सापकोटा

पूर्व वडा अध्यक्ष केशव ढोडारी, समाजेवी पेमासिद्धी लामा, नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाका सदस्य विष्णु खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

निजगढ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल

कार्यक्रममा निजगढ नगरपालिकाकी पूर्व उपमेयर लिलादेवी लामिछाने खनाल, वडा नं. २ का वडा अध्यक्ष राजन श्रेष्ठ, निजगढ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष सैइया गुरो, अस्पतालका संस्थापक अध्यक्ष एकबहादुर श्रेष्ठ, पूर्व वडा अध्यक्ष टेकबहादुर लामा, तरकारी तथा फलफूल सहकारी संस्थाकी अध्यक्ष विष्णु नेपाल, अवतार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय लामा लगायत विभिन्न सामुदायिक वन समुह, बैंक, सुरक्षा निकाय, सहकारी लगायतका प्रतिनिधि सहभागि थिए ।

सामुदायिक अस्पताल संचालक समितिका अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भाईकाजी श्रेष्ठ र सञ्चालन सावित्रि भारतीले गरेकी थिईन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

nijgadh-supermart-adz1200-630