skip this bagdve 29 th

हिमचुली साना किसान कृषि सहकारी संस्था निजगढको साधारणसभा सम्पन्न

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित हिमचुली साना किसान सहकारी संस्था लि.को १४ औं साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

निजगढ ८ स्थित शुभकार्य बैङ्गक्यौटमा भएको साधारण सभामा संस्थाकी अध्यक्ष दुर्गाकुमारी घिमिरे कोइरालाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र लेखा समितिको तर्फबाट लेखा सुरपरीवेक्षण समितिका संयोजक रामचन्द्र मण्डलले पेश गरेको लेखा प्रतिवेदनमाथि छलफल गरी पारित गएको छ ।

यसअघि साधारण सभाको युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल र बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्यूत मैनाली, निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले गमलामा जलशेचन गरेर उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएपनि केही सहकारीले नियतवस बदमासी गरेको हुनाले विश्वासिलो संस्थामा मात्र छानेर कारोवार गर्नुपर्ने बताएका छन् ।

साधारणसभामा बारा क्षेत्र १ का सांसद अच्युतप्रसाद मैनाली, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोम माया थिङ्ग, निजगढ खानेपानी तथा सररफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुर्दशन प्रसाद कोइराला, गौरीशंकर कलेज व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, लोकप्रिय सहकारीका अध्यक्ष अम्बिका चौलागाई, सगरमाथा सहकारी संस्थाका भोलाप्रसाद गौतम, बागदेव दुग्ध उत्पादक सहकारीका अध्यक्ष थानेश्वर सापकोटा लगायतले साधारण सभा सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए ।

संस्थाकी अध्यक्ष दुर्गाकुमारी घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लेखा समितिका संयोजक रामचन्द्र मण्डलले गरेका थिए भने स्वागत मन्तव्य संचालक समितिका सदस्य अर्जुन अधिकारीले गरेका थिए ।

nijgadh-supermart-adz1200-630