निर्वाचन आयोगले निर्वाचन लागि उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोक्यो
वि.सं.२०७९ वैशाख ६ मंगलवार १०:४९
2.17K
shares

काठमाडौं । बैशाख ६ गते
निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ । आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, त्यस्तै, वडा अध्यक्षले एक हजार रुपैयाँ र सदस्यले पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने छ ।
आयोगका अनुसार महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा भने धरौटीमा ५० प्रतिशत छुट दिइएको छ ।
त्यस्तै उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।
वि.सं.२०७९ वैशाख ६ मंगलवार १०:४९

















