आज बागमती प्रदेशसको उपसभामुखको निर्वाचन हुँदै, ३ जनाको उम्मेदवारी
वि.सं.२०७९ माघ २ सोमवार १२:५४
1.03K
shares

काठमाडौं। आज दिउँसो तीन बजे बागमती प्रदेशसको उपसभामुखको निर्वाचन हुँदै छ । आज देशभर शोक बिदा भए पनि उपसभामुखको चुनावी कार्यक्रम स्थगित नहुने भएको छ ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुखको चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार उपसभामुख चयन गर्नुपर्ने आज अन्तिम दिन हो । बागमती प्रदेश सभाको पहिलो बैठक पुस १८ गते बसेको थियो ।
प्रदेशसभामा उसभामुखमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।गमती प्रदेश सचिवालयका अनुसार उपसभामुखको लागि सत्ता गठबन्धनको तर्फबाट एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सुना परियार तथा नेपाल मजदुर किसान पार्टीकी गिता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।
वि.सं.२०७९ माघ २ सोमवार १२:५४

















