४ जना यात्रुको खोजी जारी, शव सनाखत गर्न काठमाडौंबाट स्वास्थ्यकर्मीको टोली जाँदै
वि.सं.२०७९ माघ २ सोमवार १२:२८
804
shares

काठमाडौं । आइतवार पोखरामा दुर्घटना परेको यती एयरलायन्सको जहाजमा सवार ४ जना यात्रुको खोजी भइरहेको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिहरेको छ। त्यस्तै फेला परेका ६८ वटा शवको सनाखत भइरहेको छ। अहिलेसम्म २६ वटा शवको पहिचान भइसकेको छ।
त्यस्तै शवको पहिचान, पोस्टमार्टको लागि काठमाडौंबाट स्वास्थ्य मन्त्रालयको टोली पनि पोखरा आन लागेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६८ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको छ । त्यस्तै दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक्स सुरक्षित भेटिएको जानकारी दिएका छन् ।
वि.सं.२०७९ माघ २ सोमवार १२:२८

















