skip this

काठमाण्डौमा भएको दुर्घटनामा परि दुई जनाको ज्यान गयो

1.26K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गएराति काठमाण्डौको शङ्खरापुर नगरपालिका–९ खुलालटारमा मोटरसाइकल पल्टिँदा चालकको ज्यान गएको छ । बा ५८ प ६५५० नम्बरको मोटरसाइकल पल्टिँदा चालक त्यहीँ ठाउँका ४५ वर्षका दीपक केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै गएराति २ बजे काठमाण्डौको सानो भर्याङमा भएको दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।बा ९५ प ९७२३ नम्बरको स्कुटर पल्टिँदा स्कुटरको पछाडि बस्ने चितवनका अर्जुन लोहनीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकाको मनमोहन मेडिकल कलेज सीतापाइलामा ज्यान गएको हो । स्कुटर चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार स्कुटर अनियन्त्रित भइ डिभाइडरमा ठोक्किएको थियो ।

nijgadh-supermart-adz1200-630