skip this farak Kura Pravakar

निजगढ सामुदायिक अस्पतालमा आगलागी : २९ लाखको ल्याबको सामान नष्ट, वैकल्पिक रुपमा सेवा सञ्चालन

ल्याबका लागि सहयोगको पहल

2.95K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–९ देउराली पथस्थित समुदायिमा आधारित निजगढ सामुदायिक अस्पतालमा एक साताअघि भएको आगालागीमा भएको क्षतिको विवरण सार्वजनिक गरिएको छ ।

अस्पताल परिषरमा विहीबार विहान व्यवस्थापन समितिका अध्यक्ष माधव न्यौपानेले स्थानीय सञ्चारकर्मीलाई आगलागीको कारण र क्षतिको विवरण सार्वजनिक गरेका हुन् ।

लक्ष्मी पुजाको साँझ अस्पतालको ल्याब कक्षमा विद्युत सर्ट भएको कारण आगलागी भएको जानकारी दिदै अध्यक्ष न्यौपानले २९ लाख बढीको क्षति भएको बताए ।

अस्पतालले ल्याब पूर्ण रुपमा क्षति भएपनि बैकल्पिक रुपमा सेवा भने सञ्चालन गरिरहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । उनका अनुसार लायन्स चोकस्थित एक क्लिनिकमार्फत ल्याब परीक्षणको सेवा उपलब्ध गराईरहेको बताए ।

ल्याबका लागि सहयोगको पहल

ल्याबमा भएको आगलागीबाट ल्याबका उपकरण तथा केमिकल नष्ट भएपछि नयाँ ल्याब स्थापना गर्नुपर्ने भएको छ ।

ल्याब स्थापनाका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारसंग माग गर्ने विषयमा विहीबार अस्पताल व्यवस्थापनले सर्वपक्षिय छलफल आयोजना गरेको थियो ।

कार्यक्रममा प्रदेश सांसद मिना लामा, पूर्व मेयर सुरेश कुमार खनाल, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष एकबहादुर श्रेष्ठ, कांग्रेस नेता शम्भुबहादुर बुढाथोकी, नेकपा एमाले निजगढका उपाध्यक्ष भोलाप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) निजगढका अध्यक्ष सन्तोष दंगाल, नेकपा (एकीकृत समाजवादी) निजगढ नगर अध्यक्ष भिमप्रसाद सापकाेटा, राप्रपा निजगढ अध्यक्ष खड्गप्रसाद उप्रेती, रास्वपा निजगढ नगर अध्यक्ष रामहरी खरेल, कांग्रेस नेता महेशी कुमर, विष्णु खड्का, पूर्व वडा अध्यक्ष जयराम कुमर,, निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पत्रकार गुरुप्रसाद गौतम, महेश्वर अधिकारी लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा कार्यसमितिका उपाध्यक्ष सावित्रि भारती, सचिव कैशाल तिमल्सिना, कोषाध्यक्ष भाईकाजी श्रेष्ठ, सहसचिव सरिता राई, सदस्य, रामकुमार शर्मा दाहाल, अस्पताल व्यवस्थापन समितिका सदस्य राम पौडेल, हरि खड्का, शारदा थकानी, पूर्व वडा सदस्य गोकुल न्यौपाने, पत्रकार गोकुल घोरसाईने लगायतको उपस्थिति रहेको थियो ।

छलफलपछि ल्याब पुर्नस्थापनाका लागि स्थानीय सरकारका जनप्रतिनिधिसहित छलफल गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रसँग समन्वय गरेर सेवा सञ्चालन गर्ने, मृगौला डायलासिस उपकरण माग गर्ने निर्णय भएको छ ।

nijgadh-supermart-adz1200-630