समुन्नत महिला बहुउद्देश्यीय सहकारीद्धारा बलात्कृत बालिकाको परिवारलाई राहत प्रदान

वि.सं.२०८० असोज १३ शनिवार १८:३९

बारा–समुन्नत महिला बहुउद्देश्यीय सहकारी संस्था निजगढ–८ ले शनिबार एक बलात्कृत बालिकाको परिवारलाई राहत सामाग्री प्रदान गरेको छ ।
निजगढ नगरपालिका वडा नं १२, थलिकी अपाङ्गता भएकी ११ वर्षिया बालिकामाथि स्थानीय एक बृद्धले बलात्कार गरेका थिए । आर्थिक रुपमा विपन्न परिवारकी बालिकामाथि भएको घटनाले थप पीडित बनेको परिवारलाई संस्थाले राहत प्रदान गरेको हो ।
पीडित बालिकाको परिवारलाई संस्थाका पदाधिकारी अस्पताल पुगेर १० हजार रुपैँया बराबरको खाद्य सामाग्री र लत्ताकपडा सहयोग गरेका हो ।
८ असोजमा वीरगंजबाट डिस्चार्ज भैइ घर आएकी बालिकाको स्वास्थ्यमा पुनःसमस्या देखिएपछि भोलिपल्टै निजगढ सामुदायिक अस्पताल, प्रसुती गृहमा ल्याईएको थियो । उपचाररत बालिकाको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको उपचारमा खटिएका चिकित्सकले बताएका छन् ।
चामल एक बोरा (२५ किलो), दाल दुई केजि, जुस एक लिटर, अण्डा एक क्रेट, विस्कुट दुई दर्जन, डाइपर २४ वटा, डस्ना र सिरक एक सेट, त्यसको खोल, तन्ना र सिरानी दुई थान सामाग्री संस्थाकी अध्यक्ष कल्पना खरेलले हस्तान्तरण गरेकी हुन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा संस्थाकी उपाध्यक्ष मिना चौरेल, सचिव उषा लामा मोक्तान, सदस्यहरु रुपा लामा, शान्ति लामा, सगुन लामा, पुजा सापकोटा लगायत सहभागि थिए ।

वि.सं.२०८० असोज १३ शनिवार १८:३९