जनताको विश्वास खेर जान नदिने गरी काम गर्छु– सहरी विकासमन्त्री पाण्डे
वि.सं.२०७९ माघ २८ शनिवार १६:००
855
shares

काठमाडौं । जनताका आवश्यकता अनुसार विकासका काम गर्ने सहरी विकासमन्त्री विक्रम पाण्डेले बताएका छन् । भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गरेका छन् ।
“आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम गर्छु”, उनले भने, “कसैलाई काखा र कसैलाई पाखा नगरी समान दृष्टिले विकासका योजना अघि बढाउँछु ।”फरक प्रसङ्गमा मन्त्री मन्त्री पाण्डेले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धी बनाउने गरी काम गर्नुपर्ने समय आएको बताएका छन् । यसका लागि फरक सोचका साथ विद्यालयलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
वि.सं.२०७९ माघ २८ शनिवार १६:००

















