skip this

जीतपुरसिमरामा घरभाडामा बस्नेकाे फाेटाेसहितकाे विवरण वडा कार्यालयमा पेश गर्नुपर्ने

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाले घरबालमा बसेकाकाे फाेटाेसहितकाे विवरण वडा कार्यालयमा बुझाउनु पर्ने निर्देशिका कार्यान्वयलाई कडाइ गर्ने भएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिकाको घर बहाल व्यवस्था निर्देशिका, २०७१ मा उपमहानगरपालिका क्षेत्र भित्र कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर, घरको कुनै तला, एकाइ वा कोठा, घरजग्गा र सोको लगापात वा जग्गा निश्चित समयको लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएमा त्यसकाे विवरण वडामा पेश गर्नुपर्ने व्यवस्था छ ।

उपमहानगरपालिकाले मंगलबार वडा कार्यालयलाई पत्रचार गर्दै निर्देशिकामा व्यवस्था भए बमाेजिम निर्देशिकाको दफा ३ र ४ अनुसार अनुसूचि १ मा उल्लेखित ढाँचामा लिखित सम्झौता पत्र सम्झौता कार्यान्वयन गराउन भनेकाे छ ।

निर्देशिकाको दफा ९ अनुसार घरवहाल निर्देशिका, २०७९ प्रारम्भ हुनु अगावै घर बहालमा दिएका व्यक्तिहरुले ९० दिन भित्र घर बहाल सम्बन्धि विवरण सम्बन्धित वडा कार्यालयमा अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरि निर्देशिकाको दफा ११ अनुसारको घर बहाल कर घर धनिले बुझाउने वा बहालमा बस्नेले बुझाई सो कर घरधनीलाई बुझाउनुपर्ने रकमबाट कट्टा गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै निर्देशिकाको दफा १८ अनुसार उपमहानगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, वर्कसप, गोदाम, टहरा, सेड, जग्गा वा पोखरी पुरै वा आंशिक तवरले बहालमा लगाउनका लागि लिज सम्झौता गरि दिईएकोमा सो सम्पत्ति पुनःसवलिजमा अन्य पक्षहरुलाई दिएको अवस्थामा सम्झौता गरिदिने प्रत्येक पक्षले आफुले गरेको सम्झौता रकमको बहाल कर उपमहानगरपालिकालाई बुझाउनुपर्ने व्यवस्था छ ।

त्यस्तै निर्देशिकाको दफा २५ अनुसार बहाल सम्बन्धी सम्बद्ध पक्षमा कुनै विवाद उत्पन्न भए सम्बन्धित वडा कार्यालयमा तथा न्यायिक समितिमा निवेदन दर्ता गराउनुपर्ने उल्लेख छ ।

त्यस्तै निर्देशिकाको दफा २७ अनुसार बहालमा दिने व्यक्तिले बहालमा लिने व्यक्तिबाट घर खालि गराउन चाहेमा (कम्तिमा ३ महिना देखि बहाल नबुझाई वेपत्ता भएमा सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेव्यवस्था छ ।

nijgadh-supermart-adz1200-630