मुगुको सोरु गाउँपालिकामा अध्यक्षमा समाजवादी र उपाध्यक्षमा कांग्रेस विजयी
वि.सं.२०७९ जेठ ५ बिहीवार ११:२३
1.42K
shares

काठमाडौं । मुगुको सोरु गाउँपालिकामा अध्यक्षमा नेकपा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीका धर्मबहादुर शाहीले एमालेका डिल्लीप्रसाद भट्टलाई पराजित गरेका हुन् । शाहीले ४ हजार ०५५ मत ल्याए भने उनका प्रत्यासी एमालेका भट्टले १ हजार ८८९ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाहीले विजयी भएका छन् । उनले शाहीले ४ हजार २०३ मत प्राएत गरेका छन् । उनका प्रत्यासी एमालेकी डिलकली शाहीले ९६८ मत पाएक िछन् ।सोरुको मतगणना सकिएसँगै मुगुका चारवटै स्थानीय तहको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वि.सं.२०७९ जेठ ५ बिहीवार ११:२३

















