प्रदेश र संघमा गठबन्धन स्थानीयमा भन्दा सफल हुन्छ –उपाध्यक्ष राई
वि.सं.२०७९ जेठ ५ बिहीवार ११:२९

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) कि उपाध्यक्ष जयन्ती राईले कम स्थानीय तहमा निर्वाचन जित्ने अवस्था भए पनि राजनीतिक लडाइँ भने जितेको बताएकी छिन् । नेकपा एमालेलाई लक्षित गर्दै उनले निर्वाचनमार्फत प्रतिगामी प्रवृत्तिको दललाई ‘साइज’मा ल्याउन सकिएको बताइन् ।
‘हामीले जुन प्रवृत्तिविरुद्धको लडाइँ लडेका थियौँ । निर्वाचन परिणामले त लडाइँ जितेको देखाइदियो । तर, पूर्ण सफल होइन । साइजमा चाहिँ ल्याउने काम भयो’, न्युज कारखानासँग भनेकी छिन् ।पार्टी अध्यक्ष माधवकुमार नेपालले भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट धोका पाएको आरोप लगाउँदै आएका छन् ।
सोमबार मदन आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले तालमेलबारे समीक्षा आवश्यक रहेको समेत बताएका थिए । तर, उनकै पार्टी उपाध्यक्ष राईले भने तालमेल सफल नै भएको बताइकी हुन् । प्रदेश र सङ्घीय निर्वाचनमा भने तालमेल अझ सफल हुने उपाध्यक्ष राईले बताइन् ।
वि.सं.२०७९ जेठ ५ बिहीवार ११:२९

















