skip this

सप्तरी कांग्रेस सभापतिमा कोइराला पक्षका साह निर्वाचित

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी । नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनको बिहीबार सम्पन्न मतगणना अनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् । साहले एक हजार १८६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी शत्रुद्यन यादवले १ हजार ७७ मत प्राप्त गरे ।

सभापतिमा निर्वाचित साह डा. शेखर कोइराला पक्षका तथा पराजित यादव संस्थापन पक्षका उम्मेदवार हुन् ।

सप्तरीमा यसअघि शनिबार भएको निर्वाचन विवादपछि स्थगित भएर मंगलबार सम्पन्न भएको थियो ।

सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

nijgadh-supermart-adz1200-630