skip this

मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना, पाँच जनाको मृत्यु

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। गोरखाको मनकामना दर्शनका लागि यात्री बोकेको बस दुर्घटनामा परेको छ । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार २५ जना घाइते भएका छन् ।दुर्घटना बिहान ४ बजे भएको हो । घाइतेको उद्धार भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630