skip this

पर्यटन प्रवद्र्धनका लागि नेपाली मोडलको पर्यटन आवश्यक छ –पर्यटनमन्त्री किराती

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। धरानलाई पूर्वी पर्यटनको केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले दिएका छन् । धार्मिकस्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने उनको भनाइ थियो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा आयोजना गरेको ‘धरान एक्स्पो–२०७९’ समापन समारोहमा मन्त्री किरातीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले यसलाई पर्यटन केन्द्रका रूपमा विकास गरी स्वदेशी उत्पादनलाई बजारीकरणको पनि केन्द्र बनाउन सकिने धारणा व्यक्त गरेका छन् ।

पर्यटन प्रवद्र्धनका लागि यस भेगका उत्पादनलाई आफ्नो स्वाद, संस्कार संस्कृतिलाई नेपाली ‘मोडल’ बनाएर बजारीकरणका लागि ध्यानाकर्षण गराउँदै उनले नेपाली स्रोतसाधनलाई सामूहिकरूपमा परिचालन गर्न किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । पूर्वमन्त्री मीन

nijgadh-supermart-adz1200-630