skip this

समाजमा अस्थिरता र अराजकताको चुनौती बढेको छ –शंकर पोखरेल

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेपाली समाज अस्थिरता र अराजकतातर्फ गइरहेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको भनाई छ । आज काठमाडौंमा सहिद यदुनाथ गौतमको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले धर्म र राजनीतिलाई जोड्ने र समाजलाई अतिवादतिर लैजाने शक्तिहरूको चलखेल बढिरहेको बताए ।

त्यस्ता सामाजिक चुनौतीहरूविरुद्ध लड्नका लागि बलियो शक्तिको खाँचो महासचिव पोखरेलले उल्लेख गरेका छन् । उनले अहिले हाम्रो समाजमा सामाजिक असुरक्षाको वातावरण बनेको जिकिर गरेका छन् । समाजलाई जबर्जस्ती गलत बाटोमा लैजाने शक्तिहरू हाबी भइरहेको उनको भनाई छ । हासचिव पोखरेलले समाजमा अस्थिरता र अराजकताको चुनौती यसरी बढेको बताएका छन् । उनले भने, एकातिर सांस्कृतिक अतिवाद छ, जसले राजनीति र धर्मलाई जोड्ने प्रयास गरिरहेको छ । अर्कोतिर धर्मान्तरको प्रवृत्ति बढेको छ । जसले नेपालको मौलिक संस्कृतिलाई तहसनहस बनाइरहेको छ ।’

nijgadh-supermart-adz1200-630