नेत्रोदय तेक्वान्दो डोजाङ्ग निजगढलाई वडा कार्यालयद्धारा खेल सामाग्री सहयोग
वि.सं.२०८० पुस ११ बुधवार ०८:४८
बारा–बाराको निजगढ–७ मा सञ्चालित नेत्रोदय तेक्वान्दो डोजाङ्गलाई वडा कार्यालयले खेल सामाग्री सहयोग गरेको छ ।
निजगढ ७ नम्बर वडा कार्यालयले तेक्वान्दो खेल सञ्चालनका लागि आवश्यक ७५ वटा म्याट र एक थान डमी सहयोग गरेको हो ।
वडा अध्यक्ष टेकबहादुर थिङले डोजाङ्ग प्रमुख धनकुमार सिंजालीलाई एक लाख ८० हजारको सामाग्री मंगलबार हस्तान्तरण गरेका छन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा वडा सदस्य दिल बहादुर पुलामी, शुभद्रा वि.क, र भगवती घिमिरे, बारा जिल्ला तेक्वान्दो संघ कार्यसमितिका अध्यक्ष चित्र बहादुर लामा नन्दु, समाजसेवी खड्क बहादुर पुलामी, खेलाडीका अभिभावकको उपस्थिती थियो ।
खेलाडीलाई सम्मान
कार्यक्रममा चितवनको भरतपुरमा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दोमा पदक जितेका खेलाडीलाई सम्मान गरिएको छ ।
निजगढको नेत्रोदय र सत्यश्वर तेक्वान्दो डोजाङ्गका ११ खेलाडी सहभागि भएकोमा १० पदक जित्न सफल भएका थिए ।
उनीहरुलाई वडा कार्यालयको तर्फबाट वडा अध्यक्ष थिङले नगदसहित खादा लगाएर सम्मान गरेका हुन् ।
तेस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा निजगढका खेलाडीले जिते १० पदक
वि.सं.२०८० पुस ११ बुधवार ०८:४८