skip this

झापाका चार स्थानिय तहमा र मधेस प्रदेशमा सार्वजनिक बिदा

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज झापाका चार पालिकाले स्थानीय बिदा दिएका छन् ।मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै बिहीबार स्थानीय बिदा दिएका हुन् ।नगर तथा गाउँ कार्यपालिकाको सूचनामा उल्लेख भए बमोजिम कार्यालय तथा पालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहनेछन ।

त्यस्तै मधेस प्रदेशमा पनि सार्वजनिक बिदा दिईएको छ । मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा र्दिएको हो ।

प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा असोज ११ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

nijgadh-supermart-adz1200-630