skip this

भावी आईजीपी बन्ने गरि को होला सशस्त्र प्रहरी बलको एआईजीमा बढुवा, यस्ताे छ अंकगणित

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सशस्त्र प्रहरी बल नेपालमा पनि अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने तयारी भएको छ।

एआईजीको दरबन्दी थप गर्नुपर्ने भन्दै सशस्त्र हेडक्वार्टर हल्चोकलले संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) गरेर गृह मन्त्रालयमा पठाएको हाे।

हाल सशस्त्र प्रहरी बलमा कार्य तथा सीमा विभाग र मानव स्रोत तथा प्रशासन विभाग गरी दुई वटा विभागमा दुई एआईजी छन्। कार्य तथा सीमा विभागको नेतृत्व पुष्पराम केसीले गरेका छन् भने मानव स्रोत तथा प्रशासन विभागको कमाण्ड रामशरण पौडेलले गरिरहेका छन्।

गृह र अर्थबाट पास भएपछि मन्त्रिपरिषद्‌बाट पास गरेर फागुनमा एक एआईको दरबन्दी थप हुने स्राेतले बताइएको छ।

एक एआईजीको दरबन्दी स्वीकृत भएको अवस्थामा डीआईजी चन्द्रप्रकाश (सीपी) गौतम, राजु अर्याल र नारायणदत्त पौडेलबीच एआईजी बढुवाका लागि प्रतिस्पर्धा हुन्छ।

फागुनमै दरबन्दी थप भएर उनीहरु तीन जनामध्ये एक एआईजी भएको अवस्थामा एआईजी हुने व्यक्ति आउँदो वैशाख तेस्रो साताबाट आईजी हुने सम्भावना प्रबल छ।

सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार सशस्त्रका आईजीपीको तीन कारणले अनिवार्य अवकाश हुन्छ।

३० वर्षे सेवा अवधि, ५८ वर्ष उमेर हद वा महानिरीक्षकका रुपमा चार वर्षको पदावधिमध्ये जुन पहिले पूरा हुन्छ, त्यहीअनुसार आईजीपीले अवकाश पाउँछन्।

वर्तमान आईजीपी शैलेन्द्र खनालको पदावधि आउँदो चैत २८ गते चार वर्ष पुग्दैछ। चार वर्षे पदावधि पूरा भएकाले उनी सोही कारण अनिवार्य अवकाशमा गएपनि उनकै ब्याची एआईजी पुष्पराम केसी र रामशरण पौडेल भने ३० वर्षे सेवा अवधिका कारण केही समय सेवामै रहन्छन्।

nijgadh-supermart-adz1200-630