skip this

नालामा डुबेर नावालकको ज्यान गएपछि निजगढ स्तब्द ! लापरबाही कस्को ?

12.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–शुक्रबार रातभरजसो वर्षा भयो । विहानीपख वर्षा थमियो । विहान ६ बजेपछि क्रमशः निजगढको शहीद चोक जलमग्न हुन थाल्यो । औतारटोलस्थित गुम्बाछेउबाट शहीद हिरालाल मार्गमा खोलै बग्यो । साहको पसलछेउबाट पानीको बेगपूर्वतिर लाग्दा चोकबाट करिब तीन सय मिटर सडकमा पानी नबगेपनि नाला भरिभराउ थियो । सडक र नाला नाघेर पानी घर–घर पसेको थियो ।

शनिबार दिउँसोबाट वर्षा नभएपछि क्रमशः पानीको बेग घट्यो । स्थानीय घरभित्र पसेको पानी पन्छाउनतिर लागे । पानीले पारेको प्रभावबारे विहानदेखि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भईरहेको थियो । ‘पानी जहाज’ गुड्ने गरि सडकमा पानीको बगेको भन्दै निजगढ ७ का विनोद घिमिरेले टिप्पणी गरे । स्थानीय सरकारले लापरबाही गरेको भन्दै निजगढ ९ का सागर थोकरले आक्रोश पोखे । निजगढ ८ का इराज कोईरालाले पानीबाट सृजित समस्याको समाधानको उपाय सुझाउँदै ‘पोष्ट’ गरे । दिउँसभरि चोकचौतारा र सामाजिक सञ्जाल यहि विषयमा केन्द्रित भए ।

साँझ पर्‍यो । सबै आ–आफ्नै कामधाम सकेर घरतिर लागे । दिउँसभरको बहस सेलाउँदै थियो । अचानक शहीद चोकबाटै अर्को दुखद् खबर सामाजिक सञ्जालबाट बाहिरियो । नालाको पानीले नाबालक बगाएको र तीन सय मिटर परबाट निकालिएको यो खबरले निजगढ स्तब्द बन्यो । कसको बच्चा बगायो, कसरी घटना भयो भन्दै स्तब्द भएका निजगढबासीले त्यहिँ आक्रोश पोखिरहेका थिए ।

रातको ९ बजिसकेको थियो । घटनाबारे ईलाका प्रहरी कार्यालय निजगढमा सम्पर्क गरेपछि प्राप्त घटना विवरण र आईतबार विहान घटनास्थल र छरछिमेकसंगको संवादपछि यो लेख तयार गरिएको हो ।

मृतकको पहिचान

बाराको निजगढ–८ शहीदचोकस्थित नालाको पानीले बगाएर सलार्हीको मलंगवा–२ घर भई निजगढ–८ शहीदचोकमा गणपति ज्वेलर्सका सञ्चालक रितेश साहका ११ महिनाका छोरा ऋषि साहको ज्यान गएको हो ।

अचेत अवस्थानमा नालाबाट निकालिएका बालकलाई निजगढ ९ स्थित निजगढ सामुदायिक अस्पताल प्रसुती गृहमा पु¥याईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक बालकको शव परीक्षको लागि कलैयास्थित प्रादेशिक अस्पताल पठाईएको छ ।

कसरी भयो घटना

अविरल वर्षाको कारण नालामा पानीको बहाव बढेको बेलामा बालक खेल्ने क्रममा पसल अगाडीको नालाभित्र पस्न पुगेको थिए । आमा भान्सामा काम गरिरहेको र घरका अन्य सदस्यले आ–आफ्नो सुरमा लागेको बेलामा नाबालक घरबाट बाहिर निस्किएर नालामा खस्न पुगेको अनुमान गरिएको छ ।

शनिबार र वर्षाका कारण सुन पसलसंगै फेन्सी र भाँडा पसल समेत बन्द थिए । नाबालक नालामा पसेको कसैले पत्तो पाएनन् । आमा र बच्चाबीच आधा घण्टादेखि सम्पर्क थिएन् । खाना बनाईसकेपछि बच्चा खोन्ने क्रममा नभेटिएपछि नालाको पानीले बगाएको आंशकामा खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा बालकलाई करिब तीन सय मिटरको दुरीमा रहेको प्रभु बैंक अगाडीको नालाभित्र फरामको रडमा अड्कीएको अवस्थामा शसत्र प्रहरीको विपत्त व्यवस्थापन टोलीले निकालिएको थियो ।

लापरबाही कस्को ?

नाबालकको मृत्यु भएको घटनापछि स्थानीयको आक्रोश नगरपालिकातर्फ सोझिएको छ । नाला बनाएर ढक्कन नहाल्दा नाबालकको ज्यान गएको भन्दै नगरपालिकाको आलोचना भईरहेको छ । छरछिमेक र केहि स्थानीयले भने अभिभावकको लापरबाहीको कारण बच्चाको अनाहकमा ज्यान गुमाउनु परेको बताईरहेका छन् ।

वर्षाको पानीको सही ढंगले निकासको व्यवस्थापन गर्न नगरपालिका चुकेको छ । जसको कारण सडक र नालामाथिबाट पानी बगेको छ । जसका कारण जनधनको क्षति भएको छ ।
यो नाला पूर्वपश्चिम राजमार्ग क्षेत्रभि बनेको हो । नाला सडक डिभिजन कार्यालयले निर्माण गरेको हो । सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र सडक डिभिजन अन्तर्गत पर्छ । यो नगरपालिकाको क्षेत्रअधिकारभित्र पर्दैन ।

नालामात्र बनाउने गरि सडक डिभिजनले ठेक्का दिएको र ढक्कन (स्ल्याप) राख्ने एग्रिमेन्ट नहुदाँ समस्या निम्तिएको तत्कालिन मेयर सुरेश खनाल बताउँछन् ।
‘ठेक्कामा स्ल्याप बनाउने नभएपनि हामीले सडकसंग अनुरोध गरेर (स्ल्याप राख्ने काम गरिएको थियो,’ पूर्व मेयर खनालले भने–केहि ठाउँमा बाँकी रह्यो । ६ लेनको सडकको चर्चापछि सडकले हात झिकेको छ । यसलाई पुरा गर्न आवश्यक छ ।’ जोखिमपूर्ण अवस्थामा रहेको ठाउँमा नगरपालिकाले जिम्मेवारी लिएर काम गर्नुपर्ने खनालले बताए ।

यता निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले विगतमा सडकले गरेको लापरबाहीको कारण दुखद् घटना भएको भन्दै त्यस्ता जोखिमपूर्ण अवस्थामा रहेको ठाउँमा नगरपालिकाले व्यवस्थापन गर्ने बताए ।

निजगढमा नालाको पानीले बगाएर ११ महिने बालकको मृत्यु

nijgadh-supermart-adz1200-630