skip this farak Kura Pravakar

सरस्वती पूजा नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर हो–राष्ट्रपति भण्डारी

804 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरस्वती पूजा नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना दिँदै उनले पर्वको माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवम् संवर्द्धन हुने बताएकी छन्।

‘आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो ।’राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘यस पर्वको माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवम् संवर्द्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन समेत योगदान पुग्ने विश्‍वास लिएको छु ।’

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्याकी देवी सरस्वतीको हामी सबैमा कृपा रहिरहोस् भनी भण्डारीले शुभकामना गरेकी छन्। सरस्वतीलाई शिक्षा, ज्ञान, कला र सङ्गीतकी आदिस्रस्टाका रूपमा मानिने परम्परा रहिआएको उनको भनाई छ । सन्देशमा भनिएको छ, ‘सरस्वती प्रकाशोत्सवले एकातिर हाम्रो सभ्यतामा शिक्षा र कलाको महत्त्व दर्शाउँछ भने अर्कोतिर मातृशक्ति नै ज्ञान निर्माणको आधारभूत स्रोत रहेको पक्ष पनि उजागर गर्दछ । प्रकाशबाट विविध रङ्गहरू जन्मिए भने रङ्गबाट मानिसले कलाका बहुआयाम विकास गर्‍यो।’

आज वसन्त पन्चमी हो । आज विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरेर मनाइन्छ । सरस्वतीको पूजा नेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ ।

nijgadh-supermart-adz1200-630