skip this

उद्योगीलाई कालोसूचीमा राख्ने निर्णयप्रति घरेलु महासंघको विरोध

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बैंकहरुले एकतर्फी रूपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको वृद्धिलगायत उद्योगीलाई कालोसूचीमा राखेकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ ।नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले भने, ‘एकातिर बैक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक उद्योगलाई ऋण प्रवाह नगर्ने र अर्कोतर्फ मनोमानी र एकतर्फी ढंगले चर्को रूपमा ब्याजदर बढाइरहेका छन् । परिणामस्वरुप बजार भाउ अप्रत्यासित रुपमा उकालो लागिरहेको छ ।’

प्रतिकूल बैकिङ नीति र बैंक तथा वित्तीय संस्थाहरुले कर्जाकोे ब्याजदरमा गरेको अत्यधिक वृद्धिले उद्योेग व्यवसाय धरापमा पर्दै गएको भन्दै उनले यसबाट मुलुकको अर्थतन्त्र अस्तव्यस्त बन्न पुगेको बताए ।यस्तो परिस्थितिमा पनि सरकार तथा केन्द्रीय बैंक मूकदर्शक बनेर बैंकहरुले गरेका ज्यादतीलाई मौन समर्थन गरिरहेको भन्दै महासंघले यसलाई आमजनताले नेताहरूले आउँदै गरेको निर्वाचनको खर्च जुटाउने कार्यको रुपमा बुझिरहेको जनाएको छ ।

प्रचलित बैंक तथा वित्तीय संस्थासम्बन्धी (वाफिया) ऐनविपरीत केही निजी क्षेत्रका मुख्य छाता संस्थाका प्रमुख पदाधिकारीहरु बैंकर पनि आफै र उद्योगी व्यापारी पनि आफै भएको हुँदा आफ्नो अन्तर बैकिङ सम्बन्धलाई प्रयोग गर्दै आफूहरुले सस्तो व्याजदरमा रकम उठाउने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई चर्को ब्याजदरमा पार्ने षडयन्त्र गर्दै आएको महासंघको ठहर छ ।

उनीहरु एकातर्फ बैंकमार्फत बढी मुनाफा तान्ने दौडमा सामेल हुने र अर्कोतर्फ उद्योगी व्यवसायीको पक्षमा बोले जस्तो गर्ने निजी क्षेत्रका ती छाता संस्थाका पदाधिकारीहरुको नाटकीय चरित्र तथा बैंकहरुले देखाएको व्यवहारको नेपाल घरेलु तथा साना उद्योग महासंघले भत्सर्ना गरेको छ ।
 

nijgadh-supermart-adz1200-630