skip this

गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याए–ओली

969 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।  एमाले अध्यक्ष केपी ओलीले गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको बताएका छन् । उनले देशको भाग्य, भविष्य फैसला गर्ने चुनाव भएकाले जनता अल्मलिन नहुने बताए ।

वीरेन्द्रनगरमा आइतबार आयाेजित सभामा उनले भने, ‘यो चुनाव विशेष अर्थ राख्ने महासंग्राम हो भनेर बुझ्नुपर्छ । गठबन्धन बनेर देशी विदेशी शक्तिहरू एमालेविरुद्ध लागिरहेका छन्, त्यसको विरुद्धमा जनता जाग्न जरुरी छ।’ 

ओलीले विभिन्न सानातिना स्वार्थीहरूको साँठगाँठको सरकार बनाउने कि सुदृढ सरकार बनाउने ? भन्दै प्रश्न गरे । ‘गठबन्धनले बनाएको घोषणापत्र आ-आफ्नै घोषणा पत्र छ । यदि जितेको खण्डमा कसेको घोषणा पत्र लागू गरेर सकार चलाउँछन्,’ओलीले भने,‘त्यसैले एमालेको एउटै अभियानमा साथ दिनुहोस्, जोडजाड गरेका स्वार्थहरूको सरकार होइन् सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ, त्यो एमालेले गर्छ ।’

उनले यो देशमा जे जे काम भएको छ, त्यो सबै एमालेले गरेको दाबी गरे । गाउँगाउँमा सडकदेखि जेष्ठ नागरिक भत्ता एमालेले सुरु गरेको हो अहिले दिनको १३३ रुपैयाँ दिने पनि एमाले नै भएको उनको भनाइ थियो ।  ओलीले देउवालाई प्रतिपक्ष दलको नेता को बन्ने भन्ने बारेमा सल्लाह गरिराख्न सुझाव दिए । उनले भने, ‘अब एमालेले बहुमत ल्याउँछ र एमालेको सरकार बन्छ ।’

उनले प्रचण्डलाई राजनीतिक विचौलियाको संज्ञा दिए । उनले यो सरकार म्यादी सरकार भएकाले यसको पनि म्याद सकिएको बताए । 

एमाले अध्यक्ष केपी ओलीले गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको बताएका छन् । उनले देशको भाग्य, भविष्य फैसला गर्ने चुनाव भएकाले जनता अल्मलिन नहुने बताए ।

वीरेन्द्रनगरमा आइतबार आयाेजित सभामा उनले भने, ‘यो चुनाव विशेष अर्थ राख्ने महासंग्राम हो भनेर बुझ्नुपर्छ । गठबन्धन बनेर देशी विदेशी शक्तिहरू एमालेविरुद्ध लागिरहेका छन्, त्यसको विरुद्धमा जनता जाग्न जरुरी छ।’ 

ओलीले विभिन्न सानातिना स्वार्थीहरूको साँठगाँठको सरकार बनाउने कि सुदृढ सरकार बनाउने ? भन्दै प्रश्न गरे । ‘गठबन्धनले बनाएको घोषणापत्र आ-आफ्नै घोषणा पत्र छ । यदि जितेको खण्डमा कसेको घोषणा पत्र लागू गरेर सकार चलाउँछन्,’ओलीले भने,‘त्यसैले एमालेको एउटै अभियानमा साथ दिनुहोस्, जोडजाड गरेका स्वार्थहरूको सरकार होइन् सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ, त्यो एमालेले गर्छ ।’

उनले यो देशमा जे जे काम भएको छ, त्यो सबै एमालेले गरेको दाबी गरे । गाउँगाउँमा सडकदेखि जेष्ठ नागरिक भत्ता एमालेले सुरु गरेको हो अहिले दिनको १३३ रुपैयाँ दिने पनि एमाले नै भएको उनको भनाइ थियो ।  ओलीले देउवालाई प्रतिपक्ष दलको नेता को बन्ने भन्ने बारेमा सल्लाह गरिराख्न सुझाव दिए । उनले भने, ‘अब एमालेले बहुमत ल्याउँछ र एमालेको सरकार बन्छ ।’

उनले प्रचण्डलाई राजनीतिक विचौलियाको संज्ञा दिए । उनले यो सरकार म्यादी सरकार भएकाले यसको पनि म्याद सकिएको बताए । 

nijgadh-supermart-adz1200-630