गुल्मीको रेसुङ्गामा ट्रक पल्टिँदा चालकको मृत्यु
वि.सं.२०७९ साउन २२ आइतवार १०:३१
1.05K
shares

गुल्मी ।गुल्मीमा ट्रकपल्टिँदा चालकको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको हो ।
आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।
वि.सं.२०७९ साउन २२ आइतवार १०:३१

















