स्वास्थ्य सेवालाई नागरिकहरूको पहुँचमा पुर्याउन सरकार तत्पर छ – मुख्यमन्त्री जम्कट्टेल
वि.सं.२०७९ फागुन ९ मंगलवार १५:२३

काठमाडौं । नागरिकहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर रहेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले बताएका छन् । आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले संविधानले मौलिक हकको रूपमा राखेको स्वास्थ्य सेवालाई नागरिकहरूको पहुँचमा पुर्याउन सरकार तत्पर रहको बताएका हुन् ।उनले प्रदेशको राजधानी हेटौँडाको जिल्ला अस्पताललाई स्तरोन्नति, गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सो प्रतिष्ठानको मातहतमा ल्याइएको बताए ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका नागरिकहरूको स्वास्थ्य सेवालाई लक्षित गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको बताएका छन् । प्रदेश सरकारले सुरुवातबाटै नागरिकहरूको स्वास्थ्य उपचार र शिक्षालाई मध्यनजर गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन २०७५ पारित गरेको बताएका छन् । प्रदेशका अस्पतालहरूलाई स्तरोन्नति र दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको उनको भनाई छ ।
वि.सं.२०७९ फागुन ९ मंगलवार १५:२३

















