एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्छ –अध्यक्ष ओली
वि.सं.२०७९ माघ ८ आइतवार १०:३५

काठमाडौं। सोनाम ल्होछार पर्वको शुभकामना दिंदै नेपालको बहुसांस्कृतिक विशेषता मौलिक पूँजी भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। अध्यक्ष ओलीले शुभकामना सन्देशमा नेपाल सुन्दर देशको बहुसांस्कृतिक विशेषता मौलिक पूँजीको रुपमा रहेको बताएका छन्। अध्यक्ष ओलीले एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताए।
उनले ल्होसारजस्ता पर्वले रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन्।नेपालको संविधानले विविध भाषा तथा संस्कृति विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको बताउँदै अध्यक्ष ओलीले भने,विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ।
वि.सं.२०७९ माघ ८ आइतवार १०:३५

















