skip this farak Kura Pravakar

मदिरा भट्टी बाहिर ढलेका ‘पराजुली सर’ कहिल्यै उठेनन् ! महिनौंदेखि तलब रोकिएपछि तनाबमा थिए

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बाराद्धारा दुःख व्यक्त

3.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको सिम्रौनगढका शिक्षक, स्वास्थ्यकर्मीसहित कर्मचारी तलब नपाएपछि आन्दोलनमा छन् । तलब रोकिएपनि चाडबाड भने आउन रोकिएन् । उनीहरुले मुख्य चाडबाडमा बेतलबी भएर पर्व मनाउदाको तनाब भोगे ।

त्यस्तै तनाब भोग्ने मध्यका एक शिक्षक हुन्, नरेन्द्र पराजुली । तर, अब उनले त्यो तनाबलाई सधैंका लागि त्यागेर संसार छाडेका छन् । सिन्धुपाल्चोक बाह्बिसे पहाडबाट शिक्षाको उज्यालो छर्न मधेस झरेका पराजुली जनप्रतितिको ‘राजनीति’ को शिकार भए ।

तनाब भुलाउन मदिरामा रमाउन थालेका पराजुली त्यहिँ मदिराको मातमा शुक्रबार मृत्युको मुखमा पुगेका छन् । तलब रोकिएपछि आलोपालो शिक्षकहरु नगरपालिका अगाडी धर्ना दिदै आएका छन् ।

तर, शिक्षक पराजुली शुक्रबार मदिरा भट्टि छेउमा मृत भेटिएका छन् । उनी मदिरा सेवन गरेर बाहिर पिसाब फेर्न निस्केको अवस्थामा अचेत भएर ढलेको स्थानीयले जनाएका छन् ।

बारा प्रहरीका अनुसार शुक्रवार साँझ सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ नयाँ बजारको पुर्वपर्टी शिक्षक पराजुली मृत अवस्थामा फेला परेका हुन् । उनको शव परीक्षणका लागि प्रदेशिक अस्पताल कलैयामा राखिएको छ ।

शिक्षक सेवा आयोगले लिएको लिखित र मौखिक परीक्षामा फागुनमा नाम निकालेर पराजुली गत चैतदेखि सिम्रौनगढ–८ कचोर्वास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत थिए ।

अत्यधिक मादक पदार्थ सेवन गरी मृत अवस्थामा फेला परेका उनको हत्या हो होईन छानविन भईरहेको प्रहरीले जनाएको छ ।

सिम्रौनगढ नगरपालिकामा अहिलेसम्म नगर परिषद बैठक बस्न सकेको छैन । नगरपरिषद् विवादको कारण शिक्षकहरुले बिगत चार महिनादेखि तलब भत्ता पाएका छैनन् ।

दुःख व्यक्त

शिक्षक पराजुलीको निधनप्रति एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बाराले दुःख व्यक्त गरेको छ ।

संगठनका जिल्ला अध्यक्ष रोशन यादवले एक प्रेस विज्ञप्ती जारी गर्दै शिक्षकको रहस्यमय मृत्युबाट संगठन स्तब्द भएको र घोर भत्सना गरेका छन् । त्यसैगरि भावपूर्ण श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

nijgadh-supermart-adz1200-630