लोकप्रिय साकोसको नेतृत्वमा पुनः अम्बिकाप्रसाद चौलागाई ! यस्तो बन्यो नयाँ टिम
वि.सं.२०८० पुस २१ शनिवार २१:२६

बारा–बाराको निजगढ नगरपालिका–७ शहीदचोकस्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अम्बिकाप्रसाद चौलागाई पुनः निर्वाचित भएका छन् ।
संस्थाको १४ औं वार्षिक साधारण सभाबाट चौलागाईको अध्यक्षतामा नयाँ सञ्चालन समिति र लेखा समिति निर्वाचित भएको छ ।

जसअनुसार उपाध्यक्षमा केदारप्रसाद गाैतम, सचिवमा लिलानाथ बन्जरा, कोषाध्यक्षमा अन्जु नेपाली सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरि सदस्यमा उषा मोक्तान लामा, मुकुन्दराज लामिछाने, गोविन्दप्रसाद सापकोटा, हरेराम शर्मा, उत्तम तिमल्सिना सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरि लेखा समितिको संयोजकमा पार्वती अधिकारी पुनः निर्वाचित भएका छन् । समितिको सदस्यमा नानीदेवी थापा र समुन्द्र नेपाल निर्वाचित भएका छन् ।
यादबकुमार तिमल्सिना नेतृत्वको निर्वाचन मण्डलले सभाहलबाट प्राप्त नामको आधारमा सर्वसम्मत रुपमा समितिको नाम घोषणा गरेको हो । निर्वाचन समितिको सदस्यमा कृष्णकुमार खुलाल, गोविन्द अधिकारी र सहजकर्तामा भोलाप्रसाद गौतम रहेका थिए ।

नव निर्वाचित टिमलाई निर्वाचन समिति संयोजक यादबकुमार तिमल्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
यस अघि साधारण सभाको बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्चुतप्रसाद मैनालीले उद्घाटन गरेका थिए ।
वि.सं.२०८० पुस २१ शनिवार २१:२६
















