skip this farak Kura Pravakar

दक्षिण कोरियाका प्रवासी नेपालीको परिवारलाई वित्तीय साक्षरता सिकाउँदै अंकुर नेपाल (भिडियो)

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–दक्षिण कोरियामा विभिन्न पेशा व्यवसायमा संलग्न भई नेपाल फर्किएर स्वदेशमै बस्न चाहने नेपालीहरुलाई एकताबद्ध गर्दै सहयोग आदनप्रदान लगायत सामाजिक, व्यवसायिक तथा आर्थिक रुपमा पुनःस्थापित हुन सहयोग पु¥याउदै आएको संस्था हो, अंकुर नेपाल ।

कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत के– हामी, ह्याप्पी माइग्रेशन परियोजनाको सहयोगमा अंकुर नेपालले देशका विभिन्न प्रदेशमा प्रदेशस्तरिय वित्तीय साक्षरता तालिम सञ्चालन गरिरहेको छ ।

यसैक्रममा अंकुर नेपालले बाराको निजगढमा मधेस प्रदेश स्तरिय तालिम सम्पन्न गरेको छ । कोरियाका प्रवासी नेपाली कामदारहरुको परिवारका सदस्यहरुको लागि आयोजित तालिममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट इपिएस रोजगारीको क्रममा कोरियामा रहेका नेपाली श्रमिक परिवारका ५५ जना सहभागि भए ।

तालिमका सहभागिलाई नेपाल बैंक लिमिटेडका निजगढ शाखाका सहायक प्रमुख हरिप्रसाद उपाध्याय र कार्यक्रम संयोजक राजु चौलागाईले प्रशिक्षण दिएका थिए ।

बैंकका सहायक प्रमुख उपाध्यायले सहभागीहरुलाई वित्तीय साक्षरताका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए । उनले कोरियामा श्रम गरेर पठाएको रकमको सदुपयोग, खर्च व्यवस्थापन र दीर्घकालीन आर्थिक स्थायित्वका लागि नेपालमा बस्ने परिवारका सदस्यहरुले अपनाउनुपर्ने आवश्यक ज्ञान र सीपको विषयमा प्रशिक्षण दिएका हुन् ।

त्यसैगरी कार्यक्रमका संयोजक राजु चौलागाईले कोरिया आप्रवासी कामदारका अभिभावक र आफन्तको दायित्व र जिम्मेवारी बारेमा प्रशिक्षण दिएका थिए ।

यसअघि तालिमको निजगढको होटल राजमार्गमा आयोजित तालिमको निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पुरीले वैदेशिक रोजगारीमा गएकाहरुले आफन्तलाई पठाएको रकम उत्पादनमूलक कार्यमा मात्र खर्च गरिनुपर्नेमा जोड दिए । विभिन्न सम्भावना बोकेको निजगढमा लगानी गर्न समेत मेयर पुरीले आह्वान गरे ।

कार्यक्रममा कोरिया रिटर्नीले आफ्नो अनुभवमा आधारित सफलताका कथा सुनाएका थिए ।

सन् २०११ मा कोरिया पुगेर छुटुप लामाले त्यहाँ पुग्दाको प्रकृयादेखि आफुले गरेको सघर्ष सुनाएका थिए ।

त्यस्तै नवराज चौलागाईले कोरियाबाट नेपाल फर्किएपछि शुरु गरेको व्यवसायमा आधारित ‘सफलताको कथा’ सुनाएका थिए ।

कार्यक्रममा रिटर्नी फेडेरेशन नेपाल मधेस प्रदेश अध्यक्ष दिपक श्रेष्ठ, रटर्नी फेडेरेशन नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरे, वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा र वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामालगायतको सहभागिता रहेको थियो ।

अंकुर नेपालका सचिव खेम कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन विनोद कार्कीले गरेका थिए ।

nijgadh-supermart-adz1200-630