skip this farak Kura Pravakar

बलात्कार आरोपी वडाअध्यक्षलाई पक्राउ गर्न माग गर्दै निजगढमा प्रदर्शन

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बाराको निजगढमा बलात्कारको आरोप लागेका वडाध्यक्षलाई पक्राउ गर्न माग गर्दै स्थानीय वासिन्दाले प्रदर्शन गरेका छन् । पूर्व पश्चिम राजमार्गमा प्रदर्शन गरेर उनीहरुले केहीबेर सवारी आवागमन समेत ठप्प पारेका थिए ।

निजगढ नगरपालिका–२ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । किशोरीका अभिभावकले २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा वडा अध्यक्ष श्रेष्ठ विरुद्ध किटानी जाहेरी समेत दिएका थिए ।

दशैंको टीकाका दिन १९ असोजमा अध्यक्ष श्रेष्ठले किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । घटनापछि वडा अध्यक्ष श्रेष्ठ फरार छन् ।

श्रेष्ठलाई पक्राउ गर्न प्रहरीले तदारूकता नदेखाएको आरोप महिला अधिकारकर्मीको छ । दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, किशोरीका परिवारलाई वडा अध्यक्ष श्रेष्ठका आफन्तहरुले मानसिक तनाव दिने गरेकाले संरक्षण र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले भने जाहेरी परेलगत्तै घटनास्थल जाँच मुचुल्का, किशोरीको स्वास्थ्य परीक्षण गर्ने, बयान लिने लगायतका कानुनी प्रक्रियाहरु पूरा गरेको बताएको छ । पक्राउ पूर्जी जारी गरि आरोपी वडा अध्यक्ष श्रेष्ठलाई खोज्न विशेष टोली नै परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

यौन दुर्व्यवहारकाे आराेप लागेका वडा अध्यक्ष सम्पर्क विहीन

यौन दुर्व्यवहारको आरोप लागेको वडा अध्यक्ष श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी

निजगढका जनप्रतिनिधिमाथि लाग्यो गम्भिर आरोप, यौन दुर्व्यवहार भयो भन्दै प्रहरी कार्यालय पुगिन् किशोरी

nijgadh-supermart-adz1200-630